|  

रास्वपा गण्डकी प्रदेश सभापतिमा त्रिपाठी निर्वाचित

३० जेठ, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)गण्डकी प्रदेशको सभापतिमा नवीन त्रिपाठी निर्वाचित भएका छन् ।

त्रिपाठीले अन्य तीन जना उम्मेदवारलाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका हुन् । यसअघि उनी प्रदेशको महामन्त्री थिए ।