|  

कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छःशेखर कोइराला

३० जेठ, काठमाडौं ।  नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपाली कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुने बताएका छन्।

नेता डा.कोइरालाले पार्टीभित्र देखिएको तिक्तता हटाउन पार्टीमा बृहत् एकता आवश्यक रहेको चर्चा गरे। उनले पार्टी संगठित बनाउन आफू एकता अभियानमा लागेको बताए।

उनले भने, “अहिले संघीय संसद्मा संख्यात्मक रूपमा कांग्रेस कमजोर रहेकाले पार्टीलाई एक ढिक्का बनाएर लैजानुको विकल्प छैन।”