|  

भारतको सहयोगमा कालीकोटमा जनज्योति माविको भवन निर्माण सुरू

३० जेठ, काठमाडौं ।  कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–४ स्थित जनज्योति माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ।

करिब ९ करोड ३० लाख रुपैयाँ भारतीय सहयोगमा निर्माण हुने यो भवन उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) अन्तर्गत बन्नेछ। शिलान्यास कार्यक्रममा  स्थानीय जनप्रतिनिधिले परियोजनाले गुणस्तरीय शिक्षाको वातावरण सुधार गर्ने विश्वास व्यक्त गरेका छन् ।

नेपालका लागि भारतीय राजदूत लागि नवीन श्रीवास्तवले परियोजनाको सफल कार्यान्वयनका लागि शुभकामना व्यक्त गर्दै नेपाल–भारत विकास सहकार्यप्रति प्रतिबद्धता दोहोर्‍याएका छन्। भारतीय दूतावासका अनुसार उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रमअन्तर्गत हालसम्म नेपालका सातै प्रदेश र ७४ जिल्लामा करिब ६०० परियोजना सञ्चालन गरिएका छन्।

6524368d-a78b-4bf8-b

a8f340c0-e85f-45fd-a

तीमध्ये १८ परियोजना कर्णाली प्रदेशमा रहेका छन्।यसैगरी भारत सरकारले कालीकोट जिल्लामा ४ वटा एम्बुलेन्स र २ वटा विद्यालय बस उपलब्ध गराइसकेको छ। कर्णाली प्रदेशका स्वास्थ्य तथा शैक्षिक संस्थाहरूलाई हालसम्म ५६ वटा एम्बुलेन्स र १४ वटा विद्यालय बस उपहारस्वरूप प्रदान गरिएको दूतावासले जनाएको छ।

0b608bb4-28a5-460c-9