|  

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

३० जेठ, काठमाडौं । बैंकिङ कसुर मुद्दामा सेफ सन्तोष साहसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत काठमाडौंबाट अनुमति पाएपछि प्रहरीले उनीहरुलाई शुक्रबार धनुषाको जनकपुरधाम उपमहानगरपालिपका–८ रमानन्द चोकबाट पक्राउ गरेको हो ।

गैरीधारास्थित एक रेष्टुरेन्ट खरिद गर्दा पूरा रकम नदिएपछि सकुन्तला अधिकारी (थापाले) सेफ साहविरुद्ध मुद्दा दायर गरेकी थिइन् ।

जिल्ला अदालतबाट बैंकिङ कसुरमा पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरी काठमाडौं ल्याएको छ ।