३० जेठ, काठमाडौं । भारत सरकारले इन्धनसम्बन्धी नयाँ आदेश जारी गरेको छ ।
नयाँ नियमअनुसार थोक रूपमा इन्धन खरिद गर्ने ग्राहकहरूले अब खुद्रा (रिटेल) पेट्रोल पम्पबाट पेट्रोल वा डिजेल किन्न पाउने छैनन् । साथै, एउटा सवारीसाधनले एक दिनमा अधिकतम २०० लिटर डिजेल मात्र खरिद गर्न सक्ने व्यवस्था गरिएको छ ।
तेल कम्पनीहरूलाई भइरहेको घाटालाई ध्यानमा राख्दै केन्द्र सरकारले यो निर्णय गरेको हो । ११ जुनमा सरकारले आवश्यक वस्तु ऐन अन्तर्गत औद्योगिक तथा व्यावसायिक ग्राहकहरूलाई खुद्रा पेट्रोल पम्पबाट इन्धन खरिद गर्न रोक लगाएको छ । यस्ता ग्राहकहरूलाई आफ्नो आवश्यकताका लागि उपभोक्ता (कन्ज्युमर) पम्पबाट इन्धन खरिद गर्न निर्देशन दिइएको छ ।
यो सूचीमा राज्य सरकारका यातायात विभाग, आईटी पार्क, सपिङ मल, औद्योगिक प्रतिष्ठानलगायतका संस्थाहरू समावेश छन् । यो आदेश अधिकतम ९० दिनसम्म लागू रहने छ । अधिकारीहरूका अनुसार वास्तविक उपभोक्तासम्म इन्धन पुग्ने सुनिश्चित गर्न यो कदम चालिएको हो ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar