|  

३ महिनाअघि पशुपतिमा युवकको ह#त्या गरेर भागेको आरोपमा साधु पक्राउ

३० जेठ, काठमाडौं ।  पशुपतिनाथ मन्दिर परिसरमा युवकको हत्या गरी फरार रहेका द्रव्यनाथ भनिने सुबिन रानामगर लाई प्रहरीले महोत्तरीबाट पक्राउ गरेको छ ।

उनी २०८२ फागुन ६ गते सङ्खुवासभाका २५ वर्षीय सन्तोष गिरी को हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन् । प्रहरीका अनुसार चिम्टा र बाँसको चिर्पटले प्रहार गरी हत्या गरिएको थियो।

महाशिवरात्रि मेलाका क्रममा भएको विवादपछि समूहले आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

यसअघि घटनामा संलग्न आशंकामा दुई जना अन्य व्यक्तिलाई पनि पक्राउ गरी अनुसन्धान गरिएको थियो।