|  

बाजुरा र हुम्लाको सीमा विवादः सशस्त्र प्रहरी बलको टोली लाम्पाटा पुग्यो

३० जेठ, काठमाडौं । बाजुरा र हुम्लाको सीमा विवाद नटुङ्गिएपछि सो क्षेत्रमा सशस्त्र प्रहरी बलको टोली तैनाथ गरिएको छ ।

गत जेठ २७ गते लाम्पाटाको लागि हिँडेको सशस्त्र प्रहरी बलको टोली शनिबार सम्बन्धित स्थानमा पुगेको हो । सो स्थानमा अब अस्थायी सुरक्षा वेश स्थापना गरिने भएको छ ।

सो अस्थायी सुरक्षा वेशमा खटिएको टोलीलाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट नै आवश्यक निर्देशन  दिइने र आवश्यकता अनुसारको समन्वय समेत प्रधान कार्यालय बाट नै हुनेछ ।

सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा टोली सो ठाउँमा खटिएको हो । केही दिन यता सो क्षेत्रमा सीमा विवाद चर्किएको थियो ।