|  

प्रहरी हिरासतमा रहेका २१ वर्षीय थुनुवाको मृ#त्यु

३१ जेठ, काठमाडौं । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको उपचारका क्रममा मृत्यु भएको छ ।

वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेत पिपिराका २१ वर्षीय साबिर बक्सको उपचारका क्रममा मृत्यु भएको हो। हिरासतमा अचेत अवस्थामा भेटिएका बक्सलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल पु¥याइएको थियो ।

अस्पतालमा पुर्‍याएलगत्तै चिकित्सकले बक्सलाई मृत घोषणा गरेका थिए। प्रहरीले गत बुधवार चोरी मुद्दामा बक्सलाई पक्राउ गरको थियो।