|  

भारतीय वायुसेनाको विमान दुर्घटना, पाँचजनाको मृ#त्यु

३१ जेठ, काठमाडौं ।  भारतीय वायुसेनाको विमान दुर्घटनाग्रस्त हुँदा पाँचजनाको मृत्यु भएको छ ।

भारतीय वायुसेनाको एएन–३२ परिवहन विमान शनिबार असमको जोरहाट एयर फोर्स स्टेसनमा दुर्घटनाग्रस्त भएको हो । विमान अवतरण गर्ने क्रममा दुर्घटनामा परेको र त्यसलगत्तै आगलागी भएको थियो ।

भारतीय वायुसेनाले घटनाको पुष्टि गर्दै दुर्घटनाको कारण पत्ता लगाउन छानबिनको आदेश दिएको छ । दुर्घटनामा ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र अग्निवीरवायु दानिस आलम रहेका छन् ।