|  

अमेरिका-इरान सम्झौतानजिक रहेको पाकिस्तानी प्रधानमन्त्रीको दाबी

३१ जेठ, काठमाडौं ।  पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले अमेरिका र इरान सम्झौतानजिक पुगेको बताएका छन् ।

पाकिस्तानले दुवै पक्षसँग समन्वय गर्दै सम्झौतालाई अन्तिम रूप दिन मध्यस्थताको भूमिका निर्वाह गरिरहेको छ ।सरिफले अमेरिका र इरान दुवै देश अन्तिम र आपसी सहमतियुक्त दस्तावेजको नजिक पुगेको बताउँदै पाकिस्तानले आगामी चरणका प्रक्रियामा काम गरिरहेको जानकारी दिए ।

उनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, “शान्ति यसअघि कहिल्यै यति नजिक थिएन, जति अहिले छ ।”इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले पनि एक्समा सम्झौता निकै नजिक रहेको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अराघचीको उक्त पोस्ट आफ्नो सामाजिक सञ्जालमा साझा गरेका थिए ।