|  

फिफा विश्वकप-२०२६ः हाइटीमाथि स्कटल्यान्डको जित

३१ जेठ, काठमाडौं ।  फिफा विश्वकप–२०२६ मा स्कटल्यान्डले विजयी सुरुवात गरेको छ । स्कटल्यान्डले आइतबार बिहान भएको खेलमा हाइटीलाई १–० गोलले हरायो ।

समूह ‘सी’अन्तर्गतको उक्त खेलमा स्कटल्यान्डका लागि जोन म्याकगिनले निर्णायक गोल गरे । प्रतिस्पर्धात्मक खेलको २८औं मिनेटमा उनले गोल गरेका थिए ।जितसँगै तीन अंक हात पारेको स्कटल्यान्ड तालिकाको पहिलो स्थानमा आसिन छ ।

यो समूहमा चारवटै टोलीले एक–एक खेल खेलिसकेका छन् ।
मोरक्को एक अंकसहित दोस्रो र ब्राजिल पनि समान अंक बटुल्दै दोस्रो स्थानमा आसिन छन् ।