|  

बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरीका सहायक हवल्दारको मृ#त्यु, जवान घाइते

३१ जेठ, काठमाडौं । बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दार तिलक कँडेल को मृत्यु भएको छ भने प्रहरी जवान दीपक कुमार जङ शाह घाइते भएका छन्।

आज बिहान गुलरिया–नेपालगञ्ज सडकखण्डको लालपुरमा ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका कँडेललाई अस्पताल पुर्‍याएलगत्तै मृत घोषणा गरिएको थियो। घाइते शाहलाई थप उपचारका लागि कोहलपुरस्थित अस्पतालमा रिफर गरिएको छ।

दुर्घटनामा ट्रक चालक निरन्जन दर्जी पनि घाइते भएका छन् र उनको उपचार भइरहेको छ। दुवै सुरक्षाकर्मी गणेशपुरस्थित फर्वाड अपरेटिङ बेसमा कार्यरत थिए।