|  

निर्वाचनबाट रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम होः  एमाले

३१ जेठ, काठमाडौं ।  एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी को उदयलाई ‘आकस्मिक र अस्वाभाविक’ भन्दै नेपालको अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम भएको दाबी गरेको छ।

‘मिसन पार्टी जागरण २०८३’ सम्बन्धी आन्तरिक दस्ताबेजमा एमालेले नेकपा विघटन र पार्टी विभाजनपछि निराश जनमत वैकल्पिक शक्तितर्फ आकर्षित भएको विश्लेषण गरेको छ।

दस्ताबेजमा पपुलिजम, अराजकतावाद र अवसरवादको आधारमा वैकल्पिक शक्तिको उदय भएको उल्लेख गर्दै त्यसको प्रभाव रोक्न विभिन्न अभियान सञ्चालन गरिएको जनाइएको छ।

साथै, २०८२ को आम निर्वाचनको नतिजालाई एमालेले ‘अप्रत्याशित र अस्वाभाविक हार’ भन्दै यसले नेता–कार्यकर्ता तथा समर्थकहरूको मनोबलमा असर परेको स्वीकार गरेको छ।