|  

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

३१ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि चीनको बेइजिङ पुगेका छन् ।

चिनियाँ विदेशमन्त्री वाङ यी को निमन्त्रणामा भएको भ्रमणका क्रममा उनले नेपाल–चीन सम्बन्ध सुदृढीकरण, आपसी सहकार्य विस्तार तथा विभिन्न द्विपक्षीय विषयमा छलफल गर्नेछन्।

भ्रमणका दौरान मन्त्री खनालले चिनियाँ उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने, लगानी सम्मेलनमा सहभागी हुने तथा चिनियाँ उद्यमी–व्यवसायीसँग छलफल गर्ने कार्यक्रम छ ।

उनी आगामी असार ३ गते स्वदेश फर्किनेछन्।