३१ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा विधि र पद्धति भत्किनुमा आफ्नो मात्र दोष नरहेको बताएका छन् ।
चुनावी समीक्षा र पुनर्गठन कार्यदलको बागमती प्रदेश भेला लगत्तै शनिबार प्रदेश र केही केन्द्रीय नेताहरूसँग आफ्नै निवास गुण्डुमा कुराकानी गर्दै अध्यक्ष ओलीले पार्टीमा आएको संकटको समाधान सामूहिक रूपमै गर्नुपर्ने भन्दै केही नेताहरूले आफूलाई मात्र दोष दिएर उम्कने प्रयास गरिरहेकोमा असन्तुष्टि जनाएका हुन् ।
बागमती भेलामा केही नेताहरूले ओलीको बिदाइको माग गरेका थिए । ओलीले पार्टीको पुनर्संरचना भनेको कोही मन्छेलाई अदलबदल गर्दैमा नहुनेमा जोड दिएका थिए । ‘कोही मान्छे अदलबदल गरेर मात्र पार्टी पुनर्संरचना हुँदैन’, ओलीले भनेका छन्, ‘हामीले हाम्रो सिङ्गो कार्यशैली, विधि र पद्धतिलाई बिचमा लुज गरेका हौँला अब त्यसलाई ठिकठाक गर्नुपर्छ र एक ढिक्का भएर जानुपर्छ ।’
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar