|  

कारको टायरमा गोली हानेर ललितपुरमा प्रहरीले समात्यो लागुऔषध

३१ जेठ, काठमाडौं । लागुऔषध नियन्त्रण ब्युरोले ललितपुर मा कारको टायरमा गोली हानेर ठूलो परिमाणमा लागुऔषध ट्रामाडोल बरामद गरेको छ।

बाराबाट काठमाडौंतर्फ आउँदै गरेको कारमा लागुऔषध ल्याइँदै गरेको सूचनापछि प्रहरीले सवारी साधनलाई पछ्याएको थियो।

प्रहरीले रोक्न खोज्दा कार भागेपछि कारको दायाँ टायरमा एक राउण्ड गोली प्रहार गरी नियन्त्रणमा लिएको जनाएको छ ।

घटनामा बाराका जितेन्द्र पासवान सहित भारतीय नागरिक अहमद लड्न र महमद सद्दाम पक्राउ परेका छन्।