३१ जेठ, काठमाडाैं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देश विगत १०-१५ वर्षदेखि निहित स्वार्थ समूहहरूको प्रभावमा रहेको दाबी गर्दै सरकार त्यसलाई तोड्ने अभियानमा रहेको बताएका छन् ।
आज राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विगतमा राजनीतिक नेतृत्वदेखि राज्यका विभिन्न अंगहरु समेत स्वार्थ समूहको कब्जामा रहेको तथ्यहरु खुलिरहेको बताए । उनले मुलुकको इतिहासकै सबैभन्दा ठूलो वित्तीय घोटालाको फाइल एक खर्बभन्दा बढी बिगो मागसहित प्रक्रियामा रहेको जिकिर गरे । उनले सरकार अहिले मुलुकको अर्थव्यवस्थामा देखिएको बेथितिलाई सफा गर्ने अभियान रहेको बताए । मुलुक कहिल्यै बन्दैन भनेर युवाहरु विदेशिनुपर्ने भाष्य चिर्नेगरी सरकार अघि बढिरहेको उनको दाबी छ । उनले भने,‘विगत १०-१५ वर्ष यो देश निहित स्वार्थ समूहहरुको कब्जामा थियो । स्वार्थ समूहहरुले देशलाई क्याप्चर गरेका थिए । पोलिटिसियनहरु उनीहरुको गोजीमा थिए । राज्यका अन्य अंगहरु समेत उनीहरुको प्रभावमा थिए । त्यसलाई हामी तोड्दैछौँ । नेपालको इतिहासमा सबैभन्दा ठुलो फाइनान्सियल स्क्यान्डल अहिले न्यायिक प्रक्रियामा रहेको छ । १ खर्बभन्दा बढी विगो मागेर अहिले मुद्दा चलिरहेको छ । यसको पछाडिको कथा तपाईले पढ्नुभयो भने देशको राजनीतिक व्यक्ति र निकाय कसरी प्रभावित भएका थिए भन्ने कुराको डर लाग्छ । त्यसकारण हामीले अहिले यो सबै गडबडी सफा ‘क्लिन अप दि मेस’ शुरु गरेका छौँ, ताकि तपाईहरु जस्ता युवा विदेशिन नपरोस् । यो देशमा केही हुदैन, यो देश कहिल्यै बन्दैन, मैले आफ्नो सपना पूरा गर्ने हो भने विदेश जानुपर्छ भन्ने भाष्य चिर्दैछौँ । त्यसकारण तपाईंहरु आउनुहोस् र भन्नु्होस् के के सुधार्नुपर्ने हो ? यसको लागि बजेट कुर्नुपर्दैन ।’
मुलुकमा सुशासन र आर्थिक समृद्धिको जग बसाउन पाँच वर्षको रोडम्यापसहित सरकार अघि बढिरहेको उनको भनाइ छ ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar