३१ जेठ, काठमाडाैं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई औपचारिकीकरण गर्न र युवा उद्यमीहरूलाई प्रोत्साहन गर्न सरकारले कर प्रणाली तथा सार्वजनिक सेवा प्रवाहमा आमूल परिवर्तन शुरु गरेको बताएका छन् ।
आज काठमाडौंमा आयोजित ‘युवा उद्यमशीलता सम्मेलन-२०८३’ लाई सम्बोधन गर्दै उनले दशकौँदेखि चर्चामा सिमित कर सुधारका एजेण्डालाई वर्तमान सरकारले कार्यान्वयनमा लगेको दाबी गरे। अर्थमन्त्री वाग्लेले करको बोझ र कानूनी झन्झटका कारण व्यवसाय बन्द गरेर बसेका वा लुकेर बस्न बाध्य भएका साना उद्यमीहरूका लागि सरकारले विशेष ‘आममाफी’को योजना ल्याएको जानकारी दिए । उनकाअनुसार विगतका वक्यौताहरूका कारण ठूलो दायित्व बोकेका करिव २ देखि ३ लाख साना कम्पनी तथा व्यक्तिहरूले अब १ प्रतिशत प्रशोधन शुल्क तिरेर आफ्नो व्यवसायलाई पुनः वैधानिक रूपमा अगाडि बढाउन सक्नेछन् । उनले भने,‘राज्यलाई कर छलेर वा डराएर बस्नु पर्दैन, कम क्लिन, स्टार्ट अन्यूको भावनाका साथ अगाडि बढ्नुस्, विगतको कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वले आँट्न नसकेको यो ऐतिहासिक र शाहसिक निर्णय वर्तमान सरकारले लिएको छ ।’
सार्वजनिक सेवा प्रवाहलाई झन्झटमुक्त बनाउन सरकारले मालपोत, राहदानी र लाइसेन्स जस्ता कार्यालयहरूमा आमूल सुधार गरिरहेको उनले बताए । नागरिक एपमार्फत थप १०० वटा सेवाहरू उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिँदै उनले डिजिटल माध्यमबाट सेवा प्रवाह गरी बिचौलियाहरूको भुमिका अन्त्य गर्ने स्पष्ट पारे । सफ्टवेयर र हार्डवेयर खरिदमा हुने आर्थिक अनियमिततालाई चिर्दै प्रविधिमैत्री प्रशासन बनाउन सरकार दृढ रहेको उनको भनाइ थियो ।
नेपालले परम्परागत प्रविधिलाई छाडेर सिधै आधुनिक प्रविधिमा फड्को मार्ने रणनीति लिएको अर्थमन्त्रीले उल्लेख गरे । उनले नेपालमा ‘सोभरेन एआई कम्प्युट सेन्टर’ स्थापनाका लागि तयारी भइरहेको र यसका लागि विश्वविख्यात प्रविधि कम्पनीहरूसँग संवाद भइरहेको जानकारी दिए । ‘हाम्रो स्वच्छ ऊर्जालाई तारमार्फत निर्यात गर्नुको सट्टा एआई कम्प्युट पावरका रूपमा प्रशोधन गरी निर्यात गर्दा १० देखि १०० गुणा बढी आम्दानी गर्न सकिने सम्भावना छ ।’ उनले भने ।
गत वर्षको तथ्याङ्कले सूचना प्रविधि निर्यातबाट उल्लेख्य आम्दानी भइरहेको देखाएको भन्दै उनले यस क्षेत्रलाई थप व्यवस्थित र बिस्तार गरिने बताए । सरकारले मुलुकको अर्थतन्त्रलाई १०० बिलियन डलरको आकारमा पु¥याउने र ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ । यसका लागि डिजिटल अर्थतन्त्र, जनसाङ्ख्यिक लाभ र डायस्पोरालाई जोड्ने अवधारणा अघि सारिएको छ ।
अर्थमन्त्री वाग्लेले नीतिगत सुधारका लागि आफू मन्त्री भएकै दिन १५ वटा पुराना ऐनहरू खारेज गरेको र यसपटकको बजेटमार्फत थप २५ देखि ३० वटा ऐनहरू खारेज वा संशोधनको प्रक्रियामा रहेको जानकारी दिए । धितोबिनाको कर्जा र पीटुपी लेन्डिङ जस्ता अवधारणालाई पनि कार्यान्वयनमा ल्याइने उहाँले प्रतिवद्धता व्यक्त गरे ।
विगत १०-१५ वर्षदेखि सिमित स्वार्थ समूहको कब्जामा रहेको राज्यका संयन्त्रहरूलाई मुक्त गर्ने अभियान शुरु भएको भन्दै उनले ठूला भ्रष्टाचार र वित्तीय घोटालाहरूमाथि कारबाही अघि बढाइएको बताए । युवाहरूमा रहेको ‘यो देशमा केही हुँदैन’ भन्ने नकारात्मक भाष्यलाई चिर्न सरकारले जग बसाल्ने काम गरिरहेको उनको तर्क थियो । उनले भने,‘हामीले ५ वर्षको मार्गचित्र लिएर काम गरिरहेका छौँ । यो वर्ष जग बसाल्ने वर्ष हो, आगामी वर्षहरूमा यसको प्रतिफल देखिनेछ ।’
मन्त्री वाग्लेले युवा उद्यमीहरूलाई सरकारको सहयोगी र वकालतकर्ताका रूपमा उभिन आग्रह गरे ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar