|  

शशांक कोइरालाको आरोप: कांग्रेस व्यवहारिक रूपमा विभाजनको अवस्थामा

३१ जेठ, काठमाडाैं । पूर्वमहामन्त्री डा. शशांक कोइरालाले कांग्रेस व्यवहारिक रूपमा विभाजनको अवस्थामा पुगेको बताएका छन् ।

विराटनगरमा आयोजित नेपाली कांग्रेसको संस्थापनइतर समूहको भेलामा उनले यस्तो बताएका हुन् । सर्वोच्च अदालत र निर्वाचन आयोगका गलत निर्णयका कारण पार्टी यो अवस्थासम्म आइपुगेको उनको आरोप छ । कांग्रेस एकता अहिलेको सबैभन्दा ठूलो आवश्यकता रहेको बताउँदै उनले पार्टी बलियो नभएसम्म देशको विकास सम्भव नहुने धारणा राखे । लोकतान्त्रिक मूल्य-मान्यताको रक्षा र परिवर्तनको पक्षमा सबै नेता–कार्यकर्ता एकजुट हुनुपर्ने उनको भनाइ थियो ।

सभापति शेरबहादुर देउवालाई संकेत गर्दै उनले अनुभवी नेताहरूलाई बाहिर राखेर एक्लैले पार्टी चलाउन नसकिने बताएका छन् । लामो संघर्ष र बलिदानबाट बनेको कांग्रेस आज टुक्रिएको अवस्थामा पुग्नु दुःखद रहेको उल्लेख गर्दै उनले पार्टी आफैं नफुटेको, फुटाइएको दाबी गरेका छन् ।