०१ असार, काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका राष्ट्रिय सभाका सचेतक पदमबहादुर परियारले सुधन गुरुङलाई पुनः गृहमन्त्री बहाली गर्नेकुरा आपत्तिजनक रहेको टिप्पणी गरेका छन् ।
सोमवार राष्ट्रिय सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले सम्पत्ति छानविन आयोगको प्रतिवेदन समेत सार्वजनिक नगरी राजनीतिक सेटिङको आधारमा उनलाई फेरि गृहमन्त्री नियुक्त गरिएको भन्दै आक्रोश व्यक्त गरेका हुन् । सचेतक परियारले उनको सम्पत्ति छानविन आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न पनि सरकारलाई सचेत गराए । सांसद परियारले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि सरकारलाई दवाव दिए । उनले भने,‘तत्कालीन गृहमन्त्री सुधन गुरुङको सम्पत्ति छानविन आयोगको प्रतिवेदन सार्वजनिक पनि नगरी यो विषयमा सदनलाई जानकारी नगराई, नेपाली जनतालाई जानकारी नगराइ एउटा बडो शंकास्पद राजनीतिक सेटिङको आधारमा गृहमन्त्रीमा फेरि पुनर्वहाली गरिएको छ । यो अत्यन्तै भत्र्सनायोग्य काम भएको हामीले महशुस गरेका छौँ । तसर्थ त्यो सम्पत्ति छानविन आयोगको प्रतिवेदन तुरुन्तै सार्वजनिक गर्नका लागि म जोडदार माग गर्दछु ।’
सचेतक परियारले सरकारले आयोगको प्रतिवेदन सार्वजनिक गर्ने काममा ढिलाई गर्नुपर्ने कुनै कारण नरहेको पनि बताए ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar