०१ जेठ, काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस राष्ट्रिय सभाका सांसद कृष्णबहादुर रोकायले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट प्रशस्त कमजारीहरु रहेको बताएका छन् ।
सोमवार राष्ट्रिय सभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले उक्त कुरा बताएका हुन् । सांसद रोकायले सरकारले कार्यान्वयन गर्न नसकिने गरी बजेट ल्याएको जिकिर पनि गरे । उनले सरकारले उत्पादनलाई भन्दा पनि राजस्व संकलनलार्ई राष्ट्रिय आएको रुपमा देखाउने प्रयास गर्नु मुलुकको अर्थतन्त्रको विकासका लागि उचित नभएको पनि बताए । सांसद रोकायले भने,‘बजेटका प्रशस्त कमजोरीहरु छन । जस्तै विकास खर्च धेरै कम छ । ऋणको भार बढ्दै गएको देखिन्छ । नेपालको विगतमा वर्षहरुमा पूँजीगत खर्चहरु गर्न नसक्ने अवस्था देखिएका कार्यान्वयनमा नै मुख्य चुनौति देखिन्छ । तलव वृद्धिमा विभेद गरिएको छ । राजनीतिक दृष्टिकोणले हेर्दा यो बजेटले राजस्व संकलनलाई मुख्य स्रोतको रुपमा देखाएको छ ।’
सांसद रोकायले सरकारले रोजगारीको अवसर सृजना गर्नका लागि कुनै ठोस कदम नचाहेको पनि बताएका छन् ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar