|  

मधेश प्रदेशको आगामी बजेट ४१ अर्बभन्दा बढी: कृषि, शिक्षा र पूर्वाधार प्राथमिकतामा

०१ असार, काठमाडाैं । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ।

सोमबार प्रदेश सभामा अर्थमन्त्री युवराज भट्टराईले बजेट सार्वजनिक गरेका हुन्। सरकारले बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार र वन क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको छ। 

कुल बजेटमध्ये:

  • चालु खर्च: १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार (३५.५४%)
  • पुँजीगत खर्च: २६ अर्ब ४७ करोड ५३ लाख ७१ हजार (६४.३५%)

पुँजीगत खर्चलाई बढी हिस्सा दिइएकोले विकास निर्माणलाई प्राथमिकता दिइएको संकेत बजेटले गरेको छ।

स्रोत व्यवस्थापन

बजेटका लागि स्रोत व्यवस्थापन यसरी गरिएको छ:

  • आन्तरिक राजस्व तथा स्रोत: ११ अर्ब २२ करोड ७५ लाख
  • संघीय राजस्व बाँडफाँट: १२ अर्ब ८३ करोड
  • वित्तीय अनुदान: ९ अर्ब ४९ करोड ५९ लाख
  • चालु आर्थिक वर्षको मौज्दात: ६ अर्ब ८ करोड ५२ लाख
  • आन्तरिक ऋण: १ अर्ब ५० करोड

संघीय अनुदान विवरण

संघीय सरकारबाट प्राप्त हुने अनुदानमध्ये:

  • वित्तीय समानीकरण अनुदान: ७ अर्ब ८४ करोड ८५ लाख
  • सशर्त अनुदान: ८ अर्ब १० करोड २८ लाख
  • समपूरक अनुदान: ९४ करोड ७४ लाख
  • विशेष समपूरक अनुदान: ७० करोड

कुल गरेर संघीय अनुदानबाट १७ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।यस बजेटमा विकासमुखी खर्च (पुँजीगत) बढाइएको देखिन्छ भने आन्तरिक स्रोत र संघीय अनुदानमा निर्भरता पनि उच्च रहेको छ।