|  

कम्प्लेक्स छात्रवृत्तिले उद्यमशील यात्रामा ठूलो भूमिका खेलेको दीपेश कार्कीको अनुभव

०१ असार, काठमाडाैं । भारतको अग्रणी पियर–टु–पियर (पिटुपी) ऋण प्लेटफर्महरूमध्ये एक लेनडेनक्लवका नेपाली सह–संस्थापक दीपेश कार्कीले भारत सरकारले प्रदान गर्ने कम्प्लेक्स छात्रवृत्तिले आफ्नो प्राविधिक उद्यमशील यात्रामा महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

काठमाडौंस्थित भारतीय दूतावासले सार्वजनिक गरेको एक सफलताको कथामा, जुन उनीहरूको आधिकारिक एक्स ह्यान्डलमार्फत साझा गरिएको हो, कार्कीले भारतमा बिताएको आफ्नो शैक्षिक र व्यावसायिक अनुभवबारे विस्तृत रूपमा स्मरण गरेका छन् । उनका अनुसार, कम्प्लेक्स छात्रवृत्तिमार्फत प्राप्त शैक्षिक आधारले उनको सोच र सीप विकासमा महत्वपूर्ण योगदान पुर्‍यायो, जसले पछि उद्यम निर्माण र विस्तार गर्न मार्ग प्रशस्त गर्‍यो ।

कार्कीले भारतमा अध्ययन गर्दा प्राप्त अवसर, अनुभव र नेटवर्कले आफूलाई प्राविधिक क्षेत्रमा उद्यम सुरु गर्न र सफलतापूर्वक विस्तार गर्न सहयोग गरेको उल्लेख गरेका छन् । दूतावासले सार्वजनिक गरेको उक्त कथालाई सफलताको प्रेरणादायी उदाहरणका रूपमा प्रस्तुत गरिएको छ ।