०१ असार, काठमाडाैं । राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता प्रेमप्रसाद दंगालले अर्थमन्त्री डा. प्रेमप्रसाद दंगालले पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् ।
संसदमा आर्थिक विधेयक र आय, व्ययको अनुमान समेत प्रश्तुत भइसकेपछि करको दर हेरफेर गर्ने अपराध गरेकाले अर्थमन्त्री वाग्लेले पदबाट राजीनामा दिनुपर्ने उनको तर्क थियो । सोमवार प्रतिनिधि सभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै नेता दंगालले संसदीय छानविन समिति गठनगरी अर्थमन्त्रीमाथि छानविन गरी कारबाही गर्नुपर्ने पनि बताए । उनले सरकारले ल्याएको बजेटले समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य नलिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
उनले भने,‘संसदमा राजश्व र व्ययको अनुमान र आर्थिक विधेयक प्रश्तुत भईसकेपछि करका दरहरु हेरफेर गरियो । यो घटनाको सत्यतथ्य तत्काल छानविन गर्न जरुरी छ । र, दोषउपर कडा कारबाही गर्न जरुरी छ । यत्रो घटना नेतृत्वको संलग्नता बेगर सम्भव नै छैन । त्यसो हुनाले अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्दछ । संसदीय छानविन समिति गठन गर्नुपर्दछ ।’
नेता दंगालले सरकारले बजेटमा राखेका राम्रा प्रावधानहरु पनि कार्यान्वयन हुनेमा शंका व्यक्त गरेका छन् ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar