०१ असार,काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूको सार्वजनिक अभिव्यक्तिमा संयम आवश्यक रहेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।
उनले भिडियो सन्देशमार्फत प्रधानमन्त्री बालेन्द्र शाहलाई तत्काल आवश्यक कदम चाल्न आग्रह गरेका हुन्। शर्माले हालै पूर्वाधार मन्त्री सुनिल लम्सालले सडक निर्माण ढिलाइको विषयमा निर्माण व्यवसायीलाई लक्षित गर्दै “खुट्टा भाँचिदिनू” भन्ने किसिमको अभिव्यक्ति दिएको प्रसंग उठाउँदै त्यसप्रति आपत्ति जनाए। उनका अनुसार यस्ता अभिव्यक्तिले राज्य संयन्त्रको जिम्मेवार चरित्रमाथि प्रश्न उठ्छ र गलत सन्देश प्रवाह हुन्छ।
उनले विभिन्न स्थानमा देखिएका अन्य घटनालाई पनि जोड्दै समग्र सामाजिक अवस्था बिग्रँदै गएको टिप्पणी गरे। कैलालीमा एक श्रमिक महिलाको टेम्पो भिरबाट खसालिएको घटना र सिरहामा परीक्षा हलमा फेला परेका ५०० भन्दा बढी मोबाइल पानीमा हालेर नष्ट गरिएको घटनालाई उनले उदाहरणका रूपमा प्रस्तुत गरे। शर्माले प्रधानमन्त्रीको विगतको चुनावी अभिव्यक्तिसमेत स्मरण गर्दै विकास निर्माणमा ढिलाइ भए “रुखमा बाँधेर समाधान गर्नुपर्छ” भन्ने जस्ता भनाइहरू पुनर्विचार गर्नुपर्ने बताए। उनका अनुसार राज्यका जिम्मेवार पदाधिकारीहरूको बोली र व्यवहारले कानुनी राज्यको मानक कमजोर बनाउने खतरा रहन्छ। उनले अहिलेका घटनाक्रमहरूलाई “अराजकता र कठोर सजायतर्फ झुक्ने प्रवृत्ति” का रूपमा व्याख्या गर्दै तत्काल राजनीतिक तहबाट नियन्त्रण र स्पष्ट दिशानिर्देश आवश्यक रहेको बताएका छन्।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar