|  

नेपाल-जर्मनी स्वास्थ्य सहकार्य थप विस्तार गर्ने प्रतिबद्धता

०१ जेठ, काठमाडाैं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग सोमबार जर्मनी सरकारका विकास सहयोगसम्बन्धी उच्च अधिकारी तथा नेपालका लागि जर्मनीका राजदूत उडो भोल्जले शिष्टाचार भेटवार्ता गरेका छन्।

भेटमा नेपालको स्वास्थ्य पूर्वाधार, स्वास्थ्य सेवा सुदृढीकरण र विकास परियोजनामा जर्मनीले गर्दै आएको सहयोगबारे छलफल भएको थियो। मन्त्री मेहताले नेपालको स्वास्थ्य क्षेत्रमा जर्मनीको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै विकास साझेदारहरूको सहकार्यले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरिन्।

जर्मन प्रतिनिधिमण्डलले पनि नेपालको विकास प्रयासमा आफ्नो साथ निरन्तर रहने प्रतिबद्धता जनाउँदै स्वास्थ्यसहित प्राथमिकताका क्षेत्रमा सहयोग र साझेदारीलाई अझ सुदृढ बनाउने जनाएको छ।