|  

इरान युद्ध रोक्न प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको ट्रम्पको दाबी

२ असार, काडमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध अन्त्यका लागि एक प्रारम्भिक सम्झौतामा हस्ताक्षर भइसकेको खुलासा गरेका छन् ।

फ्रान्समा जारी जी–सेभेन शिखर सम्मेलनका क्रममा सोमबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँगको भेटवार्तामा राष्ट्रपति ट्रम्पले उक्त सम्झौताको विवरण “निकै चाँडै” सार्वजनिक गरिने बताएका हुन्।

“सम्झौतामा पूर्ण रूपमा हस्ताक्षर भइसकेको कुरा सुनाउन पाउँदा मलाई निकै खुसी लागेको छ,” ट्रम्पले बैठकका क्रममा भने ।

अमेरिकी वरिष्ठ अधिकारीहरूका अनुसार आगामी शुक्रबार जेनेभामा यस सम्झौतामा औपचारिक रूपमा हस्ताक्षर गरिनेछ र सोही दिनदेखि रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने ‘स्ट्रेट अफ हर्मुज’ व्यापारका लागि पुनः खुला गरिनेछ ।