|  

 बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ? 

२ असार, काडमाडौं । साताको कारोबारको तेस्रो दिन आज (मंगलबार) सुनको मूल्य सामान्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुन तोलामा ३०० रुपैयाँले बढेको हो । योसँगै छापावाल सुनको मूल्य तोलाको दुई लाख ९८ हजार ५०० रुपैयाँ तोकिएको छ ।

चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य तोलाको चार हजार ९९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।