|  

विश्वकप निःशुल्क हेर्न पाउने व्यवस्था मिलाउन सांसदको माग

२ असार, काडमाडौं । नेकपाका सांसद प्रमेशकुमार हमालले विश्वकप निःशुल्क हेर्न पाउने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा उनले सेवाप्रदायकको मनोपोली भएको बताए ।

‘वर्ल्डकप मेरो पनि चासोको विषय हो । युवाहरूको त झनै चासो छ । तर, ९९९ रुपैयाँ तिनुपर्छ । मनोपोली छ,’उनले भने, ‘कयौँ मान्छे व्यघ्र हुँदा पनि आफ्नो पहुँच पुर्‍याउन सकेका छैनन् ।’