|  

रास्वपा सुदूरपश्चिमको सभापतिमा प्रकाश विष्ट विजयी

२ असार, काडमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशको सभापतिमा प्रकाश विष्ट पुनः निर्वाचित भएका छन् । उनले ३५८ मत प्राप्त गर्दै प्रतिस्पर्धी जनकसिंह धामीलाई पराजित गरेका हुन्।

धामीले १५४ मत प्राप्त गरेका थिए । यसअघि पनि प्रदेश सभापतिको जिम्मेवारी सम्हालिसकेका विष्ट पहिलो चरणमै विजयी भएका हुन्।

पराजित धामी कञ्चनपुर–१ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।