०२ असार,काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा कार्यरत करिब १ हजार ६ सय प्राध्यापक तथा कर्मचारीहरू पेन्सन सुविधाको माग गर्दै लामो समयदेखि आन्दोलनमा उत्रिएका छन्।
उनीहरू त्रिवि उपकुलपति कार्यालय अगाडि ६५ दिनदेखि अनिश्चितकालीन धर्नामा बसिरहेका छन्।आन्दोलनरत पक्षका अनुसार २०६६ सालमा पेन्सनसम्बन्धी व्यवस्था हटाइएको निर्णयपछि विश्वविद्यालयमा सेवा प्रवेश गरेका कर्मचारीहरू पेन्सनबाट वञ्चित भएका हुन्। उनीहरूले २०७६ सालपछि नियुक्त भएका कर्मचारीहरूलाई पनि पेन्सन सुविधा दिनुपर्ने माग गर्दै आएका छन्। यसअघि २०८१ मा गठन गरिएको अध्ययन कार्यदलले विश्वविद्यालयको जगेडा कोषको ४० प्रतिशत रकम पेन्सन कोषमा राखेर सुविधा दिन सकिने सुझाव दिएको भए पनि उक्त प्रतिवेदन कार्यान्वयन नभएको आन्दोलनकारीको आरोप छ।
प्राध्यापक तथा कर्मचारीहरूले पटक-पटक माग प्रस्तुत गरे पनि विश्वविद्यालय प्रशासनले केवल आश्वासन मात्र दिएको भन्दै असन्तुष्टि जनाएका छन्। उनीहरूले माग पूरा नभएसम्म आन्दोलन जारी रहने स्पष्ट पारेका छन्। सरकार र विश्वविद्यालयका फरक-फरक नीतिगत निर्णयका कारण पेन्सन व्यवस्थामा अन्योल बढेको आन्दोलनरत पक्षको भनाइ छ। उनीहरूले सरकारी निर्णयसँग एकरूपता कायम गर्दै न्यायोचित समाधान आवश्यक रहेको माग गरेका छन्। यसबीच त्रिभुवन विश्वविद्यालयमा हाल कार्यवाहक पदाधिकारीको नेतृत्व रहेकाले दीर्घकालीन निर्णय लिन कठिनाइ भएको बताइएको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar