|  

सृष्टि भट्टराईको भाइरल भिडियोबारे स्पष्टीकरणः यात्राका क्रममा खिचिएको पुरानो भिडियो

०२ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक सांसद सृष्टि भट्टराईले आफूलाई जोडेर सामाजिक सञ्जालमा भाइरल भएको भिडियोबारे स्पष्टीकरण दिएकी छन्।

कारको झ्यालबाट शरीर बाहिर निकालेर यात्रा गरेको देखिने उक्त भिडियो सार्वजनिक भएपछि आलोचना बढेपछि उनले मङ्गलबार फेसबुकमार्फत प्रतिक्रिया दिएकी हुन्। भट्टराईका अनुसार उक्त भिडियो हालको नभई केही समयअघि व्यक्तिगत यात्राका क्रममा खिचिएको पुरानो भिडियो हो। उनले सो दृश्य आफ्नो हालको सार्वजनिक जिम्मेवारी वा सरकारी नियुक्तिभन्दा अघिको निजी समयमा खिचिएको स्पष्ट पारेकी छन्।