|  

तराईमा चर्को गर्मीः सावधानी अपनाउन आग्रह

३ असार, काठमाडौं ।  तराई क्षेत्रमा गर्मी बढ्दै गएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको आंशिक प्रभाव भए पनि विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका तराई जिल्लाहरूमा तातो दिनको अवस्था कायम छ र तत्काल गर्मी घट्ने सम्भावना छैन ।

पर्याप्त वर्षा नहुँदा बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, कपिलवस्तु, रुपन्देही र दाङलगायत क्षेत्रमा उच्च तापक्रम र चर्को घामको प्रभाव देखिएको छ ।पहाडी तथा हिमाली क्षेत्रमा भने मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ।

महाशाखाले गर्मीका कारण बालबालिका, ज्येष्ठ नागरिक र श्रमिकहरू बढी प्रभावित हुन सक्ने भन्दै प्रशस्त पानी पिउन, चर्को घामबाट जोगिन र हल्का सुती कपडा लगाउन आग्रह गरेको छ।