|  

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? 

३ असार, काठमाडौं । साताको कारोबारको चौथो दिन आज (बुधबार) सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज सुन तोलामा एक हजार २०० रुपैयाँले घटेको हो ।

जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला दुई लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहको छ ।

यता आज चाँदी पनि तोलामा १० रुपैयाँले घटेर प्रतितोला चार हजार ९८०  रुपैयाँमा कारोबार भइरहेको छ ।