|  

बजारमा पुनः इरानको तेल आउन सक्ने संकेतपछि विश्व बजारमा घट्यो तेलको मूल्य

३ असार, काठमाडौं । विश्व बजारमा पुनः इरानको तेल आउन सक्ने संकेतपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा उल्लेख्य कमी आएको छ ।

यसले मुद्रास्फीति कम हुने अपेक्षा बढाएको छ भने सरकारी ऋणपत्रको प्रतिफल पनि घटेको छ । तेलको अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ बुधबार प्रतिव्यारेल ८० डलरभन्दा तल झरेको छ । बुधबार तेलको भाउ अमेरिका–इरान द्वन्द्व सुरु भएयताकै सबैभन्दा न्यून स्तरमा झरेको छ ।

लन्डनस्थित आईसीई एक्सचेन्जको कोमेक्स डिभिजनमा बुधबार ब्रेन्ट प्रतिब्यारेल ७८ डलर २२ सेन्टमा आएको छ ।

युद्ध अन्त्यसम्बन्धी सम्झौताअन्तर्गत अमेरिकाले इरानी तेलमाथिको प्रतिबन्ध हटाउने तयारी गरेको छ । यसले विश्व बजारमा थप लाखौँ ब्यारेल तेल आपूर्ति हुन सक्ने अपेक्षा बढाएको छ