०३ असार, काठमाडाैं । फिफा विश्वकप-२०२६ मा २८ वर्षपछि पुनरागमन गरेको अस्ट्रियाले विजयी सुरुवात गरेको छ।
अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सान फ्रान्सिस्को बे एरिया रंगशालामा बुधबार भएको समूह ‘जे’ अन्तर्गतको खेलमा अस्ट्रियाले पहिलोपटक विश्वकप खेलिरहेको जोर्डनलाई ३-१ ले पराजित गरेको हो।
अस्ट्रियाका लागि रोमानो स्मिडले २०औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। पहिलो हाफमा १-० ले पछि परेको जोर्डनले दोस्रो हाफको ५०औँ मिनेटमा अली ओल्वानको गोलमार्फत खेल बराबरीमा ल्यायो। बराबरीपछि खेल प्रतिस्पर्धात्मक बने पनि ७६औँ मिनेटमा जोर्डनका याजान अल अराबबाट आत्मघाती गोल भएपछि अस्ट्रियाले पुनः अग्रता बनायो। त्यसपछि इन्जुरी समयमा प्राप्त पेनाल्टी अवसरलाई मार्को अर्नाउटोभिचले गोलमा परिणत गर्दै अस्ट्रियाको जित सुनिश्चित गरे।
जितसँगै अस्ट्रियाले तीन अंक जोडेको छ। समूह ‘जे’ मा समान तीन अंक भए पनि गोलअन्तरका आधारमा अर्जेन्टिना शीर्ष स्थानमा रहँदा अस्ट्रिया दोस्रो स्थानमा छ। जोर्डन र अल्जेरिया भने अंकविहीन छन्।विश्वकपमा आठौँ सहभागिता जनाएको अस्ट्रियाको उत्कृष्ट उपलब्धि सन् १९५४ मा तेस्रो स्थान हासिल गर्नु हो। सन् १९९८ पछि पहिलोपटक विश्वकप खेलिरहेको अस्ट्रियाले पुनरागमनलाई सुखद बनाएको छ। यता, एसियाली राष्ट्र जोर्डनले भने इतिहासमै पहिलोपटक विश्वकपको मञ्चमा उपस्थिति जनाएको हो।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar