०३ असार, काठमाडाैं । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनले विभिन्न समयमा गरेको उपकरण तथा प्रविधि खरिद प्रक्रियाको अध्ययन तथा छानबिन गर्न चार सदस्यीय समिति गठन गरेको छ।
मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाअन्तर्गत भएका खरिद प्रक्रियामाथि उठेका प्रश्न र उजुरीको तथ्यपरक अध्ययनका लागि समिति बनाएको जनाएको छ। मन्त्रीस्तरीय निर्णयअनुसार डा. सुदीप भट्टराईको संयोजकत्वमा गठित समितिलाई २१ दिनभित्र सुझावसहितको प्रतिवेदन मन्त्रालयमा बुझाउने जिम्मेवारी दिइएको छ। समितिले नेपाल टेलिभिजनले खरिद गरेका विभिन्न उपकरण, सफ्टवेयर तथा डिजिटल प्रणालीसँग सम्बन्धित उजुरी, प्रतिवेदन र सार्वजनिक सरोकारका विषयहरूको विस्तृत अध्ययन गर्नेछ। समितिको कार्यादेशमा ग्राफिक्स सिस्टम, न्यु मिडिया (डिजिटल प्लेटफर्म) सेवा, अडियो–भिडियो उपकरण, डिजिटल ट्रान्समिटर तथा इटहरी च्यानलका लागि खरिद गरिएको ‘प्लेआउट अटोमेसन सिस्टम’ सम्बन्धी विषय समेटिएका छन्। यी खरिद प्रक्रियाबारे विभिन्न निकायमा उजुरी तथा गुनासो परेपछि मन्त्रालयले आन्तरिक अध्ययनका लागि छानबिन अघि बढाएको हो।
नेपाल टेलिभिजनमा पछिल्ला वर्षहरूमा प्रसारण प्रणाली र प्रविधि आधुनिकीकरणका नाममा भएका विभिन्न खरिद प्रक्रियाको पारदर्शिता, प्रतिस्पर्धा र कानुनी प्रक्रिया पालना गरिएको विषयमा समय–समयमा प्रश्न उठ्दै आएका छन्। यही पृष्ठभूमिमा मन्त्रालयले तथ्य खोज्न समिति गठन गरेको हो।यसअघि पनि मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थासँग सम्बन्धित स्याटेलाइट खरिद प्रकरणको अध्ययन तथा छानबिन गर्न छुट्टै समिति गठन गरेको थियो। नयाँ समितिको प्रतिवेदनपछि नेपाल टेलिभिजनका प्रविधि खरिद प्रक्रियाबारे थप स्पष्टता आउने अपेक्षा गरिएको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar