|  

आफ्नो आचरणमाथि प्रश्न उठाइएपछि सभामुखले भने- मेरो ध्यानाकर्षण भएको छ

३ असार, काठमाडौं । संसद्मा आफ्नो आचरणमाथि प्रश्न उठाइएपछि सभामुख डोलप्रसाद अर्यालले त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।

नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्तिउपर रुलिङ नगरेको भनेर सभामुख अर्यालमाथि नै प्रश्न उठाएका थिए ।उनले भनेका थिए, ‘स्वयम सभामुख महोदयसँग एउटा प्रश्न छ ।

सभामुख महोदय, हाम्रो गरिमामय जो सामुन्ने कुर्सीमा बस्नु भन्दा पहिला एउटा पार्टीसँग सम्बन्धित हुनुहुन्थ्यो । के सभामुख महोदय अहिलेसम्म त्यो पहिलेको रास्वपा पार्टी थियो यहाँको त्यो सँगको नाभी काट्न सक्नुभएको छैन कि क्या हो ?’

त्यसपछि सभामुख अर्यालले यो विषयमा ध्यानाकर्षण भएको बताएका हुन् । सभामुखले भनेका छन्, ‘आजै माननीय सदस्य चन्द्रमोहन यादवले बोल्ने क्रममा बोलिएको शब्दप्रति मेरो ध्यानाकर्षण भएको छ । माननीय सदस्यलाई हाम्रो नियमावलीको नियम २१ तर्फ ध्यानाकर्षण गराउँदछु ।’