|  

जी सेभेन समिटको छायामा मोदी माइक्रोन वार्ता

विपिन देव-सन् १९७५ ताका इजरायल र पश्चिम एसियाली देशहरू विचको भिडन्डले गर्दा संसारमा उर्जा संकट भएको थियो । विश्वका सार्मथ्यवान मुलुकहरू विच उर्जा संकटलाई समाधान गर्न एक गोलावन्दी भएको थियो । यही सेरेफेरोमा जी सेभेन नामक स.स्थाको निर्माण भएको थियो । आर्थिक रूपले सम्पन्न यी मुलुकहरूको आर्थिक आकार ५५ ट्रिलियन अमेरिकी डलर रहेको छ । जी सेभेन मुलुकहरूमा अमेरिका क्यानाडा, विटे«न, फ्रान्स, इटाली, जर्मजी र जापान रहेको छ । सन् १९९८ देखि २०१३ सम्म जी सेभेन जी ऐटमा परिर्वतित भएको थियो । अर्थात् रसिया समेत जी सेभेनको सदस्यता प्राप्त गरेर क्रियाशील भएको थियो । सन् २०१४ मा रसियाले क्रिम्रियालाई आर्कमण गरे पश्चात रसियाको सदस्यता जी सेभेनबाट च्यूत भएको थियो । खास गरेर संसारको वित्तिय प्रणालीलाई दिगर्दशन गर्न जी सेभेन सक्रिय रहेको पाइन्छ ।

जी सेभेन मुलुकहरू प्रजातान्त्रिक मूल्य मान्यतामा विश्वास गरेको कारणले गर्दा चीन, रसिया, इरान, उत्तर कोरिया जस्ता मुलुकहरू प्रति फरक आर्थिक रणनीतिको साथ अगाडि बढ्ने गर्दछ । सन् २०१९ देखि नै जी सेभेनको शिखर सम्मेलनमा भारत सहभागी हुंदै आएको छ । हालसम्म भारतले जी सेभेनको शिखर सम्मेलनमा सात पटक सहभागी भएको देखिन्छ । सन् २०२६ को शिखर सम्मेलन फ्रान्समा आयोजित भएको छ । सन् २०२६ जुन १३ देखि हुने शिखर सम्मेलनमा द्विपक्षिय सम्बन्धले विषेश ठाउ‘ ओगटेको पाइन्छ । जनसंख्याको हिसावले जी सेभेनका मुलुकहरू विश्वको लगभग १० प्रतिशत ओगटे पनि विश्वको आधी अर्थतन्त्र जी सेभेनका मुलुकहरूले ओगटेको छ ।

जी सेभेनको शिखर सम्मेलनको सेरोफेरोमा मोदी माइक्रोनको भेटवार्तालाई विश्वको प्रमुख सामाचार गृहहरूले अधिक चर्चा गरेको पाइन्छ । युरोपेली नेताहरूमा भारत यात्रा गर्ने नेताहरू मध्ये फ्रान्सका राष्ट्रपति माइक्रोन सबभन्दा बढि यात्रा गरेको पाइन्छ  भने फ्रान्स यात्रा गर्ने नेताहरूमा मोदी पनि बारम्बार यात्रा गरेका छन् । फ्रान्सको निस सहरमा “भारत इनोभेटस २०२६” मा मोदीले भारत फ्रान्स मित्रतालाई आलोकित गरेका थिए । भारत(फ्रान्स मैत्रीलाई जानकारहरूले पृथक ढङ्गले व्याख्या गरेका छन् । इतिहासको हरेक आरोह र अवरोहमा फ्रान्सले भारतलाई मद्त गरेको पाइन्छ । सन् १९९८ मा अमेरिका लगायत अन्य युरोपेली राष्ट्रहरू भारतको आणविक परीक्षणले गर्दा कुपित हुंदै आर्थिक नाकावन्दी गरेता पनि फ्रान्सले भारतलाई मदत गरेका थिए । कश्मिर मुद्दामा समेत फ्रान्स भारतसंग उभिएको छ । संयुक्त राष्ट्र संघका सुरक्षा परिषदको स्थायी सदस्यमा भारतको दावीलाई सर्मथन गर्ने मुलुकहरूको अग्रपंक्तिमा फ्रान्स नै रहेको छ । राफाल जस्ता उच्च कोटीको शस्त्र निरन्तर रूपले भारतलाई आपूर्ति गर्ने मुलुकहरूमा फ्रान्स नै रहेको छ ।

यी पृष्टभूमीमा माइक्रोन मोदीको वार्ता महत्वपूर्ण मानिन्छ । वर्तमान परिवेशमा स्ट्राटपको क्षेत्रमा भारतको स्थान विश्वको तेस्रो श्रेणीमा रहेको छ । अर्थात् भारतले २ लाख स्र्टाटप निर्माण गरिसकेका छन् । विशवमा सौर्य उर्जामा क्रान्ती ल्याउन सबभन्दा पहिले भारत फ्रान्स विच संहकार्य भएको थियो । तदनुरूप भारत फ्रान्सले दक्षिण गोलाद्धको समस्यालाई सामाधान गर्न सौर्य उर्जा विकास गर्न आवश्यक गृह कार्य आरम्भ गरेका थिए । भारतको सिप र युरोपको पू‘जीको अत्रधुलन गरेर विकासको यात्रालाई अगाडि बढाउन मोदी माइक्रोन सहमत भएका छन् । विकास यात्रालाई निरन्तरता दिन सन् २०४७ सम्म दुई मुलुकहरूले रोडम्याप तयार गरेका छन् । एआई, क्वानटम कम्प्युटर, रेयर अर्थ जसता उच्च प्रविधि विकासमा सहकार्य गर्न भारत फ्रान्स सहमत भएका छन् । सु्रक्षा क्षेत्रमा फ्रान्सको सहयोग भारतको लागि आवशयक देखिन्छ ।

रसिया र अमेरिका भन्दा पृथक नीति राख्दै फ्रान्सले प्रविधि हस्तान्तरण गर्न समेत सहमति देखिएका छन् । कानपुर लगायत भारतका विभिन्न शहरहरू फ्रान्स र भारतको संयुक्त लगानी र साझेदारीमा उच्च स्तरीय कारखाना खोल्ने दुई मुलुकहरू विच सहमति भएका छन् सन् १९९८ मा नै भारत फ्रान्स विच सामरिक सम्झौता भएको थियो । उक्त सम्झौता अनुरूप दुई मुलुकहरू विच सहयोग र साझेदारी चूलिएको  देखिन्छ । सन् २०२६ पे्रmबुवरीमा माइक्रोनले भारत यात्रा गरेका थिए । एआई समिटमा उनले फ्रान्सको पक्षलाई उद्घाटित गर्दै भारत फ्रान्सको सहयात्रामा जोड दिएका थिए । वर्तमात परिवेशमा अमेरिकी नीतिले गर्दा युरोप आक्रानत भएका छन् ।

चीनको दादागिरी समेत युरोपलाई पॉच्य भएको छैन । पू‘जी र प्रविधिले गर्दा युरोप अहिले पनि अब्वल खेलाडी रहेको छ । यी पृष्टभूमिमा प्रजातान्त्रीक पद्धति, खुला समाज, अधिक अंग्रेजी भाषी विश्वको सबभन्दा अधिक जनसंख्या,m मध्यम वर्गीय समाजको उदयले गर्दा फ्रान्सले भारतसंगको सम्बन्धलाई विषेश महत्व दिएको पाइन्छ ।