विपिन देव-सन् १९७५ ताका इजरायल र पश्चिम एसियाली देशहरू विचको भिडन्डले गर्दा संसारमा उर्जा संकट भएको थियो । विश्वका सार्मथ्यवान मुलुकहरू विच उर्जा संकटलाई समाधान गर्न एक गोलावन्दी भएको थियो । यही सेरेफेरोमा जी सेभेन नामक स.स्थाको निर्माण भएको थियो । आर्थिक रूपले सम्पन्न यी मुलुकहरूको आर्थिक आकार ५५ ट्रिलियन अमेरिकी डलर रहेको छ । जी सेभेन मुलुकहरूमा अमेरिका क्यानाडा, विटे«न, फ्रान्स, इटाली, जर्मजी र जापान रहेको छ । सन् १९९८ देखि २०१३ सम्म जी सेभेन जी ऐटमा परिर्वतित भएको थियो । अर्थात् रसिया समेत जी सेभेनको सदस्यता प्राप्त गरेर क्रियाशील भएको थियो । सन् २०१४ मा रसियाले क्रिम्रियालाई आर्कमण गरे पश्चात रसियाको सदस्यता जी सेभेनबाट च्यूत भएको थियो । खास गरेर संसारको वित्तिय प्रणालीलाई दिगर्दशन गर्न जी सेभेन सक्रिय रहेको पाइन्छ ।
जी सेभेन मुलुकहरू प्रजातान्त्रिक मूल्य मान्यतामा विश्वास गरेको कारणले गर्दा चीन, रसिया, इरान, उत्तर कोरिया जस्ता मुलुकहरू प्रति फरक आर्थिक रणनीतिको साथ अगाडि बढ्ने गर्दछ । सन् २०१९ देखि नै जी सेभेनको शिखर सम्मेलनमा भारत सहभागी हुंदै आएको छ । हालसम्म भारतले जी सेभेनको शिखर सम्मेलनमा सात पटक सहभागी भएको देखिन्छ । सन् २०२६ को शिखर सम्मेलन फ्रान्समा आयोजित भएको छ । सन् २०२६ जुन १३ देखि हुने शिखर सम्मेलनमा द्विपक्षिय सम्बन्धले विषेश ठाउ‘ ओगटेको पाइन्छ । जनसंख्याको हिसावले जी सेभेनका मुलुकहरू विश्वको लगभग १० प्रतिशत ओगटे पनि विश्वको आधी अर्थतन्त्र जी सेभेनका मुलुकहरूले ओगटेको छ ।
जी सेभेनको शिखर सम्मेलनको सेरोफेरोमा मोदी माइक्रोनको भेटवार्तालाई विश्वको प्रमुख सामाचार गृहहरूले अधिक चर्चा गरेको पाइन्छ । युरोपेली नेताहरूमा भारत यात्रा गर्ने नेताहरू मध्ये फ्रान्सका राष्ट्रपति माइक्रोन सबभन्दा बढि यात्रा गरेको पाइन्छ भने फ्रान्स यात्रा गर्ने नेताहरूमा मोदी पनि बारम्बार यात्रा गरेका छन् । फ्रान्सको निस सहरमा “भारत इनोभेटस २०२६” मा मोदीले भारत फ्रान्स मित्रतालाई आलोकित गरेका थिए । भारत(फ्रान्स मैत्रीलाई जानकारहरूले पृथक ढङ्गले व्याख्या गरेका छन् । इतिहासको हरेक आरोह र अवरोहमा फ्रान्सले भारतलाई मद्त गरेको पाइन्छ । सन् १९९८ मा अमेरिका लगायत अन्य युरोपेली राष्ट्रहरू भारतको आणविक परीक्षणले गर्दा कुपित हुंदै आर्थिक नाकावन्दी गरेता पनि फ्रान्सले भारतलाई मदत गरेका थिए । कश्मिर मुद्दामा समेत फ्रान्स भारतसंग उभिएको छ । संयुक्त राष्ट्र संघका सुरक्षा परिषदको स्थायी सदस्यमा भारतको दावीलाई सर्मथन गर्ने मुलुकहरूको अग्रपंक्तिमा फ्रान्स नै रहेको छ । राफाल जस्ता उच्च कोटीको शस्त्र निरन्तर रूपले भारतलाई आपूर्ति गर्ने मुलुकहरूमा फ्रान्स नै रहेको छ ।
यी पृष्टभूमीमा माइक्रोन मोदीको वार्ता महत्वपूर्ण मानिन्छ । वर्तमान परिवेशमा स्ट्राटपको क्षेत्रमा भारतको स्थान विश्वको तेस्रो श्रेणीमा रहेको छ । अर्थात् भारतले २ लाख स्र्टाटप निर्माण गरिसकेका छन् । विशवमा सौर्य उर्जामा क्रान्ती ल्याउन सबभन्दा पहिले भारत फ्रान्स विच संहकार्य भएको थियो । तदनुरूप भारत फ्रान्सले दक्षिण गोलाद्धको समस्यालाई सामाधान गर्न सौर्य उर्जा विकास गर्न आवश्यक गृह कार्य आरम्भ गरेका थिए । भारतको सिप र युरोपको पू‘जीको अत्रधुलन गरेर विकासको यात्रालाई अगाडि बढाउन मोदी माइक्रोन सहमत भएका छन् । विकास यात्रालाई निरन्तरता दिन सन् २०४७ सम्म दुई मुलुकहरूले रोडम्याप तयार गरेका छन् । एआई, क्वानटम कम्प्युटर, रेयर अर्थ जसता उच्च प्रविधि विकासमा सहकार्य गर्न भारत फ्रान्स सहमत भएका छन् । सु्रक्षा क्षेत्रमा फ्रान्सको सहयोग भारतको लागि आवशयक देखिन्छ ।
रसिया र अमेरिका भन्दा पृथक नीति राख्दै फ्रान्सले प्रविधि हस्तान्तरण गर्न समेत सहमति देखिएका छन् । कानपुर लगायत भारतका विभिन्न शहरहरू फ्रान्स र भारतको संयुक्त लगानी र साझेदारीमा उच्च स्तरीय कारखाना खोल्ने दुई मुलुकहरू विच सहमति भएका छन् सन् १९९८ मा नै भारत फ्रान्स विच सामरिक सम्झौता भएको थियो । उक्त सम्झौता अनुरूप दुई मुलुकहरू विच सहयोग र साझेदारी चूलिएको देखिन्छ । सन् २०२६ पे्रmबुवरीमा माइक्रोनले भारत यात्रा गरेका थिए । एआई समिटमा उनले फ्रान्सको पक्षलाई उद्घाटित गर्दै भारत फ्रान्सको सहयात्रामा जोड दिएका थिए । वर्तमात परिवेशमा अमेरिकी नीतिले गर्दा युरोप आक्रानत भएका छन् ।
चीनको दादागिरी समेत युरोपलाई पॉच्य भएको छैन । पू‘जी र प्रविधिले गर्दा युरोप अहिले पनि अब्वल खेलाडी रहेको छ । यी पृष्टभूमिमा प्रजातान्त्रीक पद्धति, खुला समाज, अधिक अंग्रेजी भाषी विश्वको सबभन्दा अधिक जनसंख्या,m मध्यम वर्गीय समाजको उदयले गर्दा फ्रान्सले भारतसंगको सम्बन्धलाई विषेश महत्व दिएको पाइन्छ ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar