०३ असार, काठमाडाैं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्यमार्फत देशभित्रै रोजगारीका अवसर विस्तार गर्न सरकार सक्रिय रहेको बताएका छन्।
बुधबार मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले विदेशबाट फर्किएका नेपाली (रिटर्नी)हरूको सीप, अनुभव र रुचिअनुसार रोजगारी तथा उद्यमका अवसर उपलब्ध गराउने उद्देश्यले विशेष कार्यक्रम अघि बढाइएको जानकारी दिए।उनका अनुसार सरकारले रिटर्नीहरूको विस्तृत तथ्यांक संकलन गर्दै उनीहरूले विदेशमा हासिल गरेको सीप, कार्यअनुभव र भविष्यको योजनाबारे अध्ययन गरिरहेको छ। त्यसका आधारमा उनीहरूको क्षमताअनुसार स्वदेशमै रोजगारी सिर्जना गर्ने योजना कार्यान्वयन गरिनेछ।
मन्त्री यादवले रोजगार प्रवर्द्धनका कार्यक्रमहरूलाई प्रभावकारी बनाउन सरकार अहिले आधारभूत संरचना निर्माणको चरणमा रहेको उल्लेख गरे। नीति, कार्यविधि, प्रणाली तथा कार्यान्वयन संयन्त्रलाई स्पष्ट र व्यवस्थित नगरी बजेट खर्च गर्न कठिन हुने भएकाले ती पक्षलाई प्राथमिकता दिइएको उनको भनाइ छ। “हामी केवल नयाँ कार्यक्रम थप्ने चरणमा छैनौं, दीर्घकालीन जग बसाल्ने चरणमा छौं,” उनले भने, “नीति र प्रणाली बलियो भएपछि कार्यक्रमको प्रभावकारिता बढ्छ र आवश्यकताअनुसार बजेट पनि विस्तार गर्न सकिन्छ।”
मन्त्री यादवले श्रम बजारमा उच्च माग भएका क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादन गर्ने कामलाई समेत तीव्रता दिइएको बताए। साथै, विदेशमा आर्जन गरिएको ज्ञान, सीप र अनुभवलाई राष्ट्रिय विकासमा उपयोग गर्न रिटर्नी नेपालीहरूको तथ्यांक व्यवस्थापन तथा क्षमता उपयोगलाई सरकारले उच्च प्राथमिकतामा राखेको उनले स्पष्ट पारे।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar