|  

अमेरिका-इरान सम्झौता घोषणपछि लेबनानका विस्थापितहरूको स्वदेश फिर्ती सुरु

३ असार, काठमाडौं ।  अमेरिका र इरानबीच भएको सम्झौताको घोषणा पछि लेबनानबाट विस्थापित भएका परिवारहरू सावधानीपूर्वक आफ्नो घर फर्कन थालेका छन् ।

विज्ञप्ति जारी गर्दै ओसिएइचएले दक्षिण लेबनानमा लगभग दुई हजार ७०० मानिसहरूले सोमबार सामूहिक आश्रयहरू छोडेर आफ्नो थात–थलो फर्किएको जनाइएको छ ।

सामूहिक रुपमा आश्रयमा बसोबास गदै आएका विस्थापित व्यक्तिहरूको सङ्ख्या विगत चार दिनमा लगभग दश हजारले घटेर शुक्रबार लगभग एक लाख ३४ हजार पुगेको जनाइएको छ ।