|  

युद्धपछि इरान झन् शक्तिशाली भएको अमेरिकी एजेन्सीको दाबी

३ असार, काठमाडौं ।  अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि सम्झौताकै बीच अमेरिकी गुप्तचर एजेन्सीले एक नयाँ चेतावनी दिएको छ ।

अमेरिका–इजरायलविरुद्धको युद्धपछि इरान झन् पहिलेभन्दा शक्तिशाली भएको छ । गुप्तचर निकायले इरानले चाहेमा अब होर्मुज जुनसुकैबेला पनि बन्द गर्नसक्ने चेतावनी दिएको छ ।

रिपोर्टमा तीन सुत्र उल्लेख गरिएको छ । ती सुत्रहरुका अनुसार युद्धपछि इरानसँग वैश्विक अर्थव्यवस्थालाई क्षति गर्नसक्ने एक नयाँ शक्तिशाली क्षमता आएको छ ।

अमेरिकी अधिकारीहरुका अनुसार इरानसँग परमाणु बमभन्दा पनि प्रभावशाली हतियार रहेको बताएका छन् । इरानको परमाणु कार्यक्रम कयौं दशकदेखि अन्तर्राष्ट्रिय राजनीतिको ठूलो मुद्दा रहिआएको छ ।