|  

युद्धविरामका बाबजुद लेबनानमा इजरायली आक्रमण जारी

३ असार, काठमाडौं ।   पश्चिम एसियामा शान्ति सम्झौता घोषणा भए पनि इजरायलले दक्षिण लेबनान का विभिन्न क्षेत्रमा हवाई तथा ड्रोन आक्रमण जारी राखेको छ।

इजरायली सेनाले नबातीह अल–फाका, कफर तेबनिट र अन्सारीह क्षेत्रमा आक्रमण गरेको जनाएको छ। सोमबार अमेरिका–इरान बीच युद्ध अन्त्यका लागि सम्झौता घोषणा भएयता हिंसा घटे पनि पछिल्ला इजरायली आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ।

सुधारको आशामा दक्षिण लेबनानका बासिन्दालाई घर फर्कन अनुमति दिइएको भए पनि लेबनानी सेनाले इजरायली आक्रमणको जोखिम अझै रहेकाले सावधानी अपनाउन आग्रह गरेको छ।