|  

राहदानी छपाइ अनियमितता प्रकरणमा थप दुई जना पक्राउ

०३ जेठ, काठमाडाैं । राहदानी छपाइमा भएको भनिएको अनियमितता सम्बन्धी अनुसन्धानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जर्मनीस्थित मुहलबाउर कम्पनीका नेपाली प्रतिनिधि मनिन्द्रराज मल्ल र राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य रहेका छन्। उनीहरूविरुद्ध अनुसन्धानका लागि तीन दिनको म्याद थप गरिएको छ। यसअघि यही प्रकरणमा राहदानी विभागका महानिर्देशक तिर्थराज अर्याल र निर्देशक सुनीलकुमार केसी पक्राउ परेका थिए। उनीहरूमाथि अनुसन्धानका लागि चार दिनको म्याद थप भइसकेको छ।

थप दुई जनाको पक्राउसँगै राहदानी छपाइ अनियमितता प्रकरणमा पक्राउ पर्नेहरूको संख्या चार पुगेको छ। अख्तियारले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।