०३ असार, काठमाडाैं । नेकपा (एकीकृत) का वरिष्ठ नेता झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालमाथि गम्भीर असन्तुष्टि व्यक्त गर्दै ३६ बुँदे आरोपसहितको पत्र पठाएका छन्।
पार्टी एकताको करिब सात महिना नपुग्दै सार्वजनिक भएको यस पत्रले नेकपा नेतृत्वभित्रको वैचारिक र संगठनात्मक विवादलाई पुनः सतहमा ल्याएको छ। खनालले आफूलाई पार्टीमा कुनै जिम्मेवारी नदिइएको भन्दै नेतृत्वले अपमानजनक व्यवहार गरेको आरोप लगाएका छन्। लामो समय कम्युनिष्ट आन्दोलनमा सक्रिय रहे पनि एकतापछि जिम्मेवारीविहीन बनाइनु नियोजित भएको उनको दाबी छ।पत्रमा खनालले एकताका क्रममा भएका वैचारिक सहमति उल्लंघन भएको उल्लेख गरेका छन्। मार्क्सवाद-लेनिनवादलाई मार्गदर्शक सिद्धान्त बनाउने र वैज्ञानिक समाजवादलाई लक्ष्य मान्ने सहमति भए पनि नेतृत्व त्यसबाट विचलित भएको आरोप उनले लगाएका छन्।
उनले माधवकुमार नेपालको प्रभावमा पार्टी सञ्चालन भइरहेको भन्दै दाहाल नेतृत्व कमजोर भएको टिप्पणी गरेका छन्। योग्य कार्यकर्ता र युवाहरूमाथि पूर्वाग्रह राखेर संगठनात्मक निर्णय गरिएको दाबी पनि पत्रमा समावेश छ। खनालले माधव नेपालमाथि लागेको भ्रष्टाचारसम्बन्धी मुद्दा, सांसद पद निलम्बन र निर्वाचन परिणामलाई उल्लेख गर्दै पनि उनलाई उच्च जिम्मेवारी दिइनु पार्टीको नैतिकतामाथि प्रश्न उठाउने विषय भएको बताएका छन्।
त्यस्तै, एमाले विभाजनका क्रममा पदको सौदाबाजी भएको, वैचारिक स्पष्टता नभई नेतृत्वको स्वार्थका आधारमा निर्णय गरिएको आरोप पनि उनले लगाएका छन्। पत्रमा विगतका पार्टी एकता र विभाजनका घटनालाई आत्मघाती गल्तीको रूपमा चित्रण गर्दै त्यसले लाखौँ कार्यकर्तालाई असर पारेको उल्लेख गरिएको छ। खनालले पार्टीभित्र वैचारिक विचलन बढ्दै गएको र ‘बहुदलीय जनवाद’ तथा ‘प्रजातान्त्रिक समाजवाद’ जस्ता विचारहरू गलत रूपमा संस्थागत गरिएको आरोपसमेत लगाएका छन्। अन्त्यमा उनले वर्तमान नेतृत्वप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै आफूलाई पार्टीभित्र “खोरमा जस्तै” महसुस भइरहेको उल्लेख गरेका छन्। साथै, यस्तो नेतृत्वबाट क्रान्तिकारी पार्टी निर्माण सम्भव नहुने चेतावनी पनि दिएका छन्।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar