|  

सभामुखलाई कांग्रेस सांसदको आरोप: पूर्व पार्टीको प्रभाव अझै रहेको हो ?

०३ असार, काठमाडाैं । प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालको भूमिकालाई लिएर नेपाली कांग्रेसका सांसद चन्द्र मोहन यादवले प्रश्न उठाएका छन्।

उनले सभामुख अझै पूर्व राजनीतिक दलसँग पूर्ण रूपमा अलग हुन नसकेको भन्दै पदीय आचरणमाथि टिप्पणी गरेका हुन्। बुधबारको बैठकमा बोल्दै सांसद यादवले सभामुखलाई लक्षित गर्दै पूर्व पार्टीसँगको सम्बन्ध अझै बाँकी रहेको हो कि भन्ने आशय व्यक्त गरे। उनले सभामुखले सदनको अभिभावकका रूपमा सबै दलप्रति समान व्यवहार गर्नुपर्नेमा जोड दिए। यादवको अभिव्यक्तिप्रति राष्ट्रिय स्वतन्त्र पार्टीले भने आपत्ति जनाएको छ।