|  

राष्ट्र बैंकद्वारा ४५ अर्ब निक्षेप सङ्कलन, आज बोलकबोल खुला

०३ असार,काठमाडाैं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट अधिक तरलता व्यवस्थापन गर्न ४५ अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन उपकरणको बोलकबोल आह्वान गरेको छ।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले सार्वजनिक सूचना जारी गर्दै आज दिउँसो ३ बजेदेखि अनलाइन बिडिङमार्फत बोलकबोलमा सहभागी हुन सकिने जनाएको छ। ब्याजदर भने बोलकबोल प्रक्रियाबाटै निर्धारण हुने व्यवस्था गरिएको छ। बोलकबोलमा सहभागी हुन न्यूनतम १० करोड रुपैयाँ र त्यसपछि ५ करोडको गुणकमा कुल आह्वान रकमसम्म आवेदन दिन सकिनेछ। यस प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता सन्तुलन कायम गर्न नियमित रूपमा यस्ता उपकरण प्रयोग गर्दै आएको छ।