|  

किसानलाई समयमै मल उपलब्ध गराउन रास्वपा सांसद खनालको माग

०३ असार, काठमाडाैं । प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद शोभा खनालले किसानलाई समयमै पर्याप्त रासायनिक मल उपलब्ध गराउन सरकारसँग माग गरेकी छन्।

बुधबारको बैठकमा बोल्दै उनले मल अभावका कारण उत्पादन घट्ने, लागत बढ्ने र अन्ततः खाद्य सुरक्षामा असर पर्ने अवस्था देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्। उनले विशेषगरी गोर्खा जिल्ला लगायत देशभर मल आपूर्ति सुनिश्चित गर्न आग्रह गरिन्। खनालले खेतीको मुख्य समयमा पनि किसानले मल नपाउने समस्या दोहोरिँदै आएको भन्दै वितरण प्रणाली पारदर्शी बनाउन सरकारलाई सचेत गराइन्। उनका अनुसार कृषि क्षेत्रमा ठूलो जनशक्ति निर्भर भए पनि समयमै मलको अभावले किसानहरू समस्यामा परिरहेका छन्।