०३ असार, काठमाडाैं । नेपाली चिया उद्योग गम्भीर संकटमा परेको भन्दै झापा र इलामका चिया उद्योगीहरू आन्दोलनमा उत्रिएका छन्।
भारतले हालै लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसेजर (एसओपी)’ का कारण नेपाली चिया निर्यात प्रभावित भएपछि उद्योगीहरूले उत्पादन र निर्यात दुवै ठप्प हुने अवस्था आएको बताएका छन्।इलाममा चिया बगान बन्द गरेर उद्योगीहरूले प्रदर्शन सुरु गरेपछि त्यसको असर झापामा पनि देखिएको छ। नेपाल चिया उत्पादक संघ झापाले बिहीबारदेखि अनिश्चितकालका लागि चिया उद्योग तथा बगान बन्द गर्ने घोषणा गरेको छ। संघले बुधबार भद्रपुरमा पत्रकार सम्मेलन गर्दै भारतीय नीतिका कारण निर्यात बजारमा गम्भीर समस्या उत्पन्न भएको र उद्योग सञ्चालन नै असम्भवजस्तो बनेको जनाएको छ।
संघका महासचिव शुक्र दाहालका अनुसार नेपालमा उत्पादन हुने सिटिसी र अर्थोडक्स चियाको वार्षिक कारोबार करिब १२ देखि १४ अर्ब रुपैयाँ बराबरको छ। त्यसमध्ये करिब ५ अर्ब रुपैयाँको चिया भारततर्फ निर्यात हुँदै आएको थियो, जुन अहिले प्रभावित भएको छ। उद्योगीहरूले भारतमाथिको अत्यधिक निर्भरता नेपाली चिया क्षेत्रका लागि जोखिमपूर्ण बनेको भन्दै सरकारले तत्काल कूटनीतिक तथा व्यापारिक पहल गर्नुपर्ने माग गरेका छन्।
साथै, उनीहरूले विकल्पका रूपमा बङ्गलादेश, पाकिस्तानलगायत तेस्रो मुलुकमा नेपाली चियाको बजार विस्तार गर्न सरकार सक्रिय हुनुपर्ने सुझाव पनि दिएका छन्। चिया क्षेत्र नेपालका प्रमुख रोजगारीमुखी उद्योगमध्ये एक मानिन्छ। यसले करिब ६० हजारभन्दा बढी श्रमिक तथा कर्मचारीलाई प्रत्यक्ष रोजगारी दिँदै आएको छ भने राज्यलाई वार्षिक करिब १ अर्ब रुपैयाँ राजस्व योगदान गर्दै आएको उद्योगीहरूको भनाइ छ। उद्योग बन्दको निर्णयसँगै उत्पादनदेखि रोजगारीसम्म ठूलो असर पर्ने चिन्ता बढेको छ, जसले समग्र चिया अर्थतन्त्र नै प्रभावित हुने अवस्था देखिएको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar