०३ असार, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले चीनसँग सहयोग र सम्बन्ध अझ सुदृढ बनाउने नेपाल सरकारको लक्ष्य रहेको बताएका छन्।
बेइजिङमा ग्लोबल टाइम्ससँगको अन्तर्वार्तामा उनले कनेक्टिभिटी र पूर्वाधार विकासलाई नेपाल–चीन सहकार्यको मुख्य प्राथमिकता भएको उल्लेख गरेका छन् । चीन भ्रमणमा रहेका मन्त्री खनालले चीन सरकारबाट प्राप्त सहयोगप्रति नेपाल कृतज्ञ रहेको बताउँदै दुवै छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध राख्नु नेपालको प्राथमिकता भएको स्पष्ट पारे। भारत भ्रमणपछि भएको चीन भ्रमणलाई कतिपयले कूटनीतिक सन्तुलनको संकेतका रूपमा व्याख्या गरिरहेका बेला उनले दुवै देशलाई समान रूपमा महत्वपूर्ण साझेदारका रूपमा चित्रण गरे।
उनका अनुसार नेपालले चीन र भारत दुवैसँग हजारौं वर्षदेखि सभ्यतागत आदानप्रदान गर्दै आएको र त्यसै आधारमा विशेष सम्बन्ध विकास भएको छ। उनले दुवै छिमेकीसँग सम्बन्धलाई अझ गहिरो र प्रभावकारी बनाउने नेपालको चाहना रहेको बताए। मन्त्री खनालले चीनसँगको सहकार्यलाई मुख्यतः ट्रान्स-हिमालयन सम्पर्क सञ्जालअन्तर्गत रेलमार्ग, सडक र विद्युत् प्रसारण लाइनजस्ता ठूला पूर्वाधार परियोजनामा केन्द्रित गरिने जानकारी दिए। ती परियोजनाले नेपाललाई भू-परिवेष्ठित अवस्थाबाट भू-जोडित देशमा रूपान्तरण गर्न मद्दत गर्ने उनको विश्वास छ। चिलिमे-केरुङ सीमापार प्रसारण लाइन परियोजनाको सम्भाव्यता अध्ययन चीनले अघि बढाउने तयारी भएको र त्यसपछि मात्र अन्तिम योजना तय हुने उनले बताए। कठिन हिमाली भू–भागका कारण परियोजनाको समयसीमा अझ निश्चित नभए पनि प्रारम्भिक प्रक्रिया अघि बढिसकेको छ।
त्यस्तै, सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन चीनले पूरा गरिसकेको र नेपालले यसै महिनाभित्र विस्तृत प्रतिवेदन प्राप्त गर्ने अपेक्षा गरिएको उनले जानकारी दिए। मन्त्री खनालका अनुसार यी परियोजनाले व्यापार विस्तार, व्यापार घाटा न्यूनीकरण र नेपाली उत्पादनको चीनतर्फ निर्यात वृद्धि गर्न सहयोग पुर्याउनेछन्। साथै, यातायात सुधारसँगै जनस्तरीय सम्बन्ध पनि मजबुत हुने उनले बताए।नेपालले आगामी एक दशकभित्र मध्यम आय भएको देश बन्ने लक्ष्य राखेको उल्लेख गर्दै उनले चीनको विकास अनुभवबाट सिक्दै सहकार्य अघि बढाउने नेपालको इच्छा रहेको पनि स्पष्ट पारे।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar